२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

मध्यान्ह
२०८१ मंसिर ३० गते १०:३०
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

तनहुँ : आँबुखैरेनी गाउँपालिका-३ का पानीघट्टा, आपचौतारा, चोक चिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।

पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् । यसअघि चोक चिसापानीमा एउटा खोर राखिएको  थियो ।

गत शुक्रबार चोक चिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई  लामो समयसम्म  रुखमा देखिएको स्थानीय प्रशन्न अधिकारीले बताए । 

यसैबीच, वन कार्यालयले राति घर गोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर