२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

नवीन योजनाका साथ पार्टी काममा जुट्न निर्देशन

मध्यान्ह
२०८१ मंसिर २९ गते १८:५३
नवीन योजनाका साथ पार्टी काममा जुट्न निर्देशन

काठमाडौं : नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ ढंगले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले लमजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको विभिन्न ५ वटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले संगठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गरे ।

‘तपाईंहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिने गरी काम गर्नुस्,’ उपमहासचिव गुरुङले भने, ‘इमानदारितापूर्वक र गतिशील भएर काम गर्दा सफलता पाउन सकिन्छ, यतातर्फ ध्यान दिनुहोला ।’ अध्ययनशीलता र लगनशीलताले व्यक्तिलाई सफलतातर्फ उन्मुख गराउने भन्दै उनले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गरे । उपमहासचिव गुरुङले पार्टी नेतृत्व र सरकारविरुद्धको घेराबन्दी तोड्ने गरी योजना बनाइनुपर्नेमा जोड दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताए । उनले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।

आफ्नो पार्टीले केही समयअघि राजधानीमा आयोजना गरेको जनजागरण सभामा देखिएको सहभागितालाई लिएर सन्तुष्ट हुन नसकिने जनाउँदै उनले विभिन्न सांगठनिक जिम्मेवारीमा रहेकाले थप मेहनत गर्नुपर्ने बताए ।

यस्तै गुरुङले केवल भाषण गर्न जान्ने व्यक्ति नेता नभइ शासन गर्न जान्ने व्यक्ति नेता भएको पनि बताए । उनले नेतृत्वमा पुग्ने व्यक्तिमा व्यवस्थापनको क्षमता, सामाजिकीकरणको क्षमता, बजेट विनियोजनका साथै परिचालनको क्षमता भएमात्र पालिकाहरुमा विकासका कार्य अगाडि बढाउन सक्ने बताए । 

यस्तै उनले एमाले पार्टीभित्र भद्दापन देखिएका कारण पार्टी कमजोर भइरहेको सुनाए । उनले भने, ‘पार्टीका कार्यकर्तामा काम गर्ने शैली छैन । जनतासँग नजिक छैनौं । योजनाबद्ध काम भइरहेको छैन । त्यसै कारणले पार्टी भद्दा भइराछ । समर्थक भएपनि साथ घट्दै गइरहेको छ ।’

उनले नेतृत्व चयन गर्ने बेला नातावाद, कृपावाद असल र सक्षम नेतृत्वकर्ताको छनोटमा हावी भइरहेको समेत बताए । ‘नेतृत्व गर्ने व्यक्ति जनताले मन पराएको हुनुपर्छ । यहाँ त अवसरको लागि नातावाद र कृपावादको खोजी गर्छन् । यस्तो प्रकारको गुटबन्दीको अन्त्य हुनुपर्छ ।’

यसैगरी उनले मन्त्रालयले देशलाई प्रवित्रिमैत्री बनाउने अभियान चालेको जानकारी दिए । उनले एआइसँग मिलेर हरेक क्षेत्रको कामलाई अनलाइनमार्फत गर्ने व्यवस्था मिलाइने बताए । 

नागरिक एपमार्फत ६२ वटा अनलाइन सेवा दिइने उनले स्पष्ट पारे । ‘नागरिक एपबाटै लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत ६२ वटा सेवा सजिलै लिन सक्ने व्यवस्थामा मन्त्रालय छ’, उनले भने । 

ADV

ताजा खबर

सम्बन्धित खबर