२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

मध्यान्ह
२०८१ मंसिर २९ गते १३:३०
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

तनहुँ : जिल्लामै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । 

अपांगता भएका व्यक्तिहरूबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिईन्  । उनले भनिन्, “समाजमा अझै पनि अपांगता भएका व्यक्तिहरूले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौं ।”

खेल व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । हाल व्यास नगरपालिकालगायत अन्य स्थानीय तहहरूले अपांगता भएका व्यक्तिहरूले खेल्ने विभिन्न प्रकारका खेलकुदका लागि बजेट विनियोजन गर्न लागेको सुवेदीको भनाइ छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर