२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक निर्वाचित

मध्यान्ह
२०८१ मंसिर २९ गते १२:००
नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक निर्वाचित

मोरङ : नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन्  । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले ११७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गरे । 

उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२/८२  वराबर मत प्राप्त गरेका छन् । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भए ।

महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजति सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

शाखाको खुला सदस्यहरूमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् ।

केन्द्रीय परिषद् सदस्य महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएको जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर