२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी

मध्यान्ह
२०८१ मंसिर २९ गते ०९:०६
पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी

सोलुखुुम्बुः नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल विजयी भएका छन् । 

शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरेका छन् । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भएका छन् । 

यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन् । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय  दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता हुन् । उनी हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक पनि हुन् । सोलुखुम्बुमा प्रेस युनियनले १७ वर्षपछि जित हासिल गरेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर