२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

जलश्रोतमा दीर्घकालीन नीति बनाउन राज्य असफल : कमल थापा

मध्यान्ह
२०८१ मंसिर २८ गते १६:२७
जलश्रोतमा दीर्घकालीन नीति बनाउन राज्य असफल : कमल थापा

काठमाडौ :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस नभएको बताएका छन् । 

‘नेपालमा जलश्रोतको चुनौती र समाधन’ विषयमा पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले कुनै एउटा मुलुकको स्वार्थ पूर्तिका लागि मात्र नेपालको जल सम्पदा प्रयोग हुने विषय प्रधान हुन नसक्ने बताए । पूर्वऊर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता व्यक्त गरे ।

जल सम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिचाइको क्षेत्रलाई ओझेलमा पारिएको उनले बताए । ‘राजनीतिक दलहरूमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्यूनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाव समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको छ’, थापाले भने ।

कार्यक्रममा जलश्रोत विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

उपाध्यायले राजनीतिकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको उल्लेख गरे । ‘विदेशीहरूको स्वार्थ केन्द्रित भएर नेपालका दलहरू सक्रिय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर होइन’, उनले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर