२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

पत्रकार महासंघको चुनाव, हेर्नुहोस् तस्बिरहरू

मध्यान्ह
२०८१ मंसिर २८ गते ११:५६
पत्रकार महासंघको चुनाव, हेर्नुहोस् तस्बिरहरू

काठमाडौंः नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशन आज बिहान १० बजेदेखि सुरु भएको हो । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि महासङ्घको चुनाव चलिरहेकाे छ ।

महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् भने वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्। महिलाबाट उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेलले उम्मेदवारी दिएका छन् । 

समावेशी उपाध्यक्षका उम्मेदवारमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह रहेका छन् । साथै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्। 

प्रज्ञा-प्रतिष्ठानमा भइरहेको मतदानका तस्बिरहरू:


 

 

ADV

ताजा खबर

सम्बन्धित खबर