२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

मध्यान्ह
२०८१ मंसिर २८ गते १०:२७
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

चीन : राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यावसायिक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने गरी समझदारी गरिएको हो ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआनबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि समझदारीपत्र आदान-प्रदान  गरिएको हो ।

कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण  भूमिका खेल्ने बताए । नेपाल सरकार र चीन सरकारबीच भएको मिडियासम्बन्धी  सम्झौतालाई पनि यसले सहयोग गर्ने उनको धारणा थियो  । 

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग  गरिएको समभदारीले फोटो तथा समाचारहरूको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्नुका साथै र दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त  कायक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ् उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मालगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरूको पनि उपस्थिति रहेको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर