२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

यु–१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

मध्यान्ह
२०८१ मंसिर १८ गते १७:२२
यु–१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काठमाडौंः एसीसी यु–१९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । आज युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो। अफगानिस्तानका लागि फैसल खानले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने अरु खेलाडी सस्तैमा आउट भए। 

नेपालका लागि भने नरेन साउदले २६ रन, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१ र अभिषेकले १७ रन बनाए । नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो। एसिसी यु-१९ एसिया कपमा नेपालको यो पहिलो जित हो। 

ADV

सम्बन्धित खबर