२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

पाठेघरको क्यान्सर रोगी आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता

तिलु शर्मा पौडेल
२०८१ मंसिर ६ गते २१:५५
पाठेघरको क्यान्सर रोगी आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता

कतार : पोखरा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठूलो बज्रपात पर्‍यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो ।  मास्टर्स इन इंगलिस लिक्टेचरको चौथो वर्षमा मास्टर इन इंगिस लेक्चर पोर्थ सेमिस्टारमा अध्ययन गर्दै र अध्यापन गराउने अनिताले पढाइका लागि अतिआवश्यक परेर किनेको ल्यापटप बेचिन र आमा गंगा दमाईलाई केमोथेरापी चढाइन् । 

गत भदौदेखि आमाको उपचारका लागि चितवन, पोखरा गरिरहेकी जलजला गाउँपालिका वडा नं. ७ मिलनचोक पर्वत निवासी उनकी आमालाई चार चरणसम्म केमोथेरापीबाट उपचार गरेपछि पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । शल्यक्रियाका लागि  न्यूनतम पाँच लाख खर्च आवश्यक पर्नेमा आफूसँग दाताहरूबाट प्राप्त २ लाख रुपैयाँ मात्र रहेको अनिताले बताइन् । ‘आउने आइतबार शल्यक्रिया गर्ने गरी तयारी गर्नु भनेर डाक्टरहरूले आमाको भर्ना लिनुभयो । अब मैले बाँकी पैसा कहाँबाट ल्याउने ?’ भन्दै अनिता भक्कानिइन् ।   

केही समय पहिले बाबा बिरामी भएपछि भएको घरजग्गाको लालपुर्जा गाउँकै एक सहकारीमा बिगो राखेर ऋण लिएर उपचार गरेको केही महिनामै आमाको पाठेघरमा क्यान्सर देखिएपछि उनी विक्षिप्त बनेकी छिन् । जग्गा बेच्न सहकारीमा ऋण तिर्नपर्छ, यता आफ्नो पढाइ, जागिर, बिरामी आमा र जागिरको खोजीमा भारतमा भौँतारिएको भाइको दुखले अनितालाई बेस्सरी गलाए पनि हिम्मत हारेकी छैनन् ।

हालसम्म आठ लाख रुपैयाँ खर्च भइसकेको छ । पाँच लाख विभिन्न व्यक्तिबाट ऋण लिएको र ३ लाख जति देश तथा विदेशबाट विभिन्न मनकारी व्यक्तित्वहरूको सहयोगबाट आएको हो । आर्थिक अवस्था कमजोर मात्र होइन आफ्नो परिवारसँग सहयोगको याचना गर्ने बाहेक केही विकल्प नरहेको उनले बताइन् । ३ दिनमा कसरी ३ लाख जुटाउने भन्ने पिरले उनलाई न दिनको भोक न रातको निन्द्रा बनाएको छ । आशा, भरोसा र भगवानसँग प्रार्थना गर्न बाहेक आफूसँग कुनै विकल्प नरहेको अनिता बताउँछिन्  ।

उनले आमाको उपचारका लागि सहयोग गर्न चाहनेले अनिता दर्जीको एनएमबी बैंक खाता नम्बर १२१०२००९४१७००१२, वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिने बताउँदै सहयोगका लागि याचना गरेकी छिन् ।

ADV

सम्बन्धित खबर