२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

'ग्रेटर नेपाल' अभियन्ता फणीन्द्र नेपाल पक्राउ

मध्यान्ह
२०८१ मंसिर ६ गते १३:५३
'ग्रेटर नेपाल' अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं : ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । केही कुरा बुझ्नुपर्ने भएकाले उनलाई नियन्त्रणमा लिएको  प्रहरीले बताएको छ ।

अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि पनि उनलाई प्रहरीले निवासबाटै पक्राउ गरेको थियो ।

ADV

सम्बन्धित खबर