२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प

मध्यान्ह
२०८१ मंसिर ६ गते १२:२५
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौंः पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:१३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४‍.०२ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

ADV

सम्बन्धित खबर