काठमाडौंः बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.०९ प्रतिशतले बढेर २ हजार ७११ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
योसँगै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र यूनिक नेपाल लघुवित्तको मूल्य भने अधिक घटेको छ । यी कम्पनीको शेयर मूल्य क्रमशः १० प्रतिशत र ७.०६ प्रतिशतले घटेको छ ।
समूहगत रुपमा आज विकास बैंक समूह शेयर मूल्य सबैभन्दा धेरै ३.३८ प्रतिशतले बढेको छ । साथै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार समूहको मूल्य ०.२७ प्रतिशत बढेकाे छ । यस्तै, बैंकिङ सेक्टर ०.२६ प्रतिशत, जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य समूहको मूल्य भने ०.०७ प्रतिशतले घटेको छ । आज उत्पादन समूहको मूल्य स्थिर छ ।
बजार सकारात्मक भएपनि मंगलबारको तुलनामा आज कारोबार रकममा भारी गिरावट आएको छ । हिजो ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको थियाे भने आज ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ०९ करोड २८ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँ र नेपाल फाइनान्सको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।