२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रचण्डको टिप्पणीमा एमालेको आपत्ति

Nada
२०८१ मंसिर २ गते ०६:५०
Shares
प्रचण्डको टिप्पणीमा एमालेको आपत्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बर पहिलो साता गर्ने चीन भ्रमणबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

ncell

केही दिनअघि प्रचण्डले भारतीय संचार माध्यम द हिन्दुलाई एउटा अन्तर्वार्ता दिएका थिए । त्यो अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा अपरिपक्व कूटनीति अपनाएको र ‘चाइना कार्ड’ प्रयोगको नीति लिएको बताएका थिए ।

एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार आफ्नो अभिव्यक्तिप्रति प्रचण्डले माफी माग्नुपर्ने उल्लेख गरेका छन् । प्रचण्डको अभिव्यक्तिले मुलुकको सार्वभौम सत्ता र परराष्ट्र नीतिमाथि गम्भीर क्षति पुगेको एमालेको निष्कर्ष छ ।

प्रचण्डले दिएको अन्तर्वार्ता आधारहीन र गैरजिम्मेवार भएको एमालेले बताएको छ । ‘... यो आधारहीन÷गैरजिम्मेवार छ र मुलुकको सार्वभौम छबि र परराष्ट्र नीतिमा ठूलो क्षति पुगेको छ’, एमालेले भनेको छ, ‘प्रचण्डले आफ्नो गैरजिम्मेवार अभिव्यक्तिप्रति नेपाली जनतासँग माफी माग्नुपर्छ ।’ वक्तव्यमा सार्वभौम देशका प्रधानमन्त्रीले विदेश भ्रमणमा गर्दा कुनै बाह्य शक्तिको अनुमति नचाहिने पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डले छिमेक सम्बन्धमा सन्तुलन कायम गर्न नसकेको आरोप लगाएका थिए । भारतभन्दा पहिले चीन भ्रमणमा निस्कने प्रधानमन्त्री ओलीको निर्णयलाई अपरिपक्व निर्णय भनेका प्रचण्डलाई एमालेले उल्टै माफी माग्न भनेको छ । यसले प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्नुअघि नै सत्ता र प्रतिपक्षीबीच मतभेद सुरु गरेको छ ।

यसअघि पनि प्रचण्डले भारतीय पक्षपोषण हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएका थिए । २०७९ पुसमा प्रधानमन्त्री बनेपछि प्रचण्डले एक ब्यापारीप्रति आभार प्रकट गरेका थिए । त्यस क्रममा आफूलाई प्रधानमन्त्री बनाउन ती ब्यापारीले नयाँ दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । पछि फरक सन्दर्भमा त्यस्तो बोल्न पुगेको प्रचण्डको प्रष्टोक्ति थियो ।

ताजा खबर

सम्बन्धित खबर