२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

Nada
२०८१ असोज १३ गते ११:०३
Shares
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । 

ncell

पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने उनले जानकारी दिए । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ । 

सम्बन्धित खबर