२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे नागरिक उन्मुक्ति पार्टी

Nada
२०८१ असोज ९ गते १७:०८
Shares
केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ : रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका २६ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् ।

ncell

धनुषाका केन्द्रीय उपाध्यक्ष विजय यादवसहित २५ जना केन्द्रीय सदस्यहरू नागरिक उन्मुक्ति छाडेर हालै मात्र गठित राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा आबद्ध भएका हुन् । उनीहरूले अत्यन्तै मिहिनेत गरी बनाएको नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताएका छन् ।

‘नागरिक उन्मुक्ति पार्टी स्थापना हुनु अघिदेखि नै पार्टीको विभिन्न स्वरूपमा सक्रियतापूर्वक साथ दिइरहेका थियौँ’, बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका हामीले गलत तत्त्वहरू नसुध्रिने छाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।’

सम्बन्धित खबर