२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कुवेतमा नेपालीसहित आप्रवासी कामदारहरु बसेको भवनमा आगलागी, ४३ जनाको मृत्यु

Nada
२०८१ जेठ ३० गते १६:३०
Shares
कुवेतमा नेपालीसहित आप्रवासी कामदारहरु बसेको भवनमा आगलागी, ४३ जनाको मृत्यु

काठमाडौं : कुवेतको माङ्गाफस्थित नेपालीसहित आप्रवासी कामदारहरु बस्दै आएको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा भारतीय कामदारसहित नेपाली पनि बस्ने उक्त भवनमा भएको आगलागीबाट मृत्यु, घाइते तथा अंगभंग भएका बिरामीहरुकाे राष्ट्रियता भने खुलाइएकाे छैन ।

ncell

शरिरकाे धेरैजसो भाग जलेका कारण शवकाे पहिचानमा समय लाग्न सक्ने बताइएकाे छ। कुवेतस्थित नेपाली दूतावासले पनि मृतक र घाइतेबारे प्रष्ट हुन बाँकी रहेको जनाएको छ ।

आगलागीमा ४८ जना घाइते भएको र उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । बुधवार बिहान साढे चार बजेकाे समयमा ग्यास  सिलिण्डर विष्फोट भएर आगलागी भएको कुवेती सञ्चारमाध्यहरूले जनाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर