२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

श्रममन्त्री अर्याललाई विभिन्न देशका श्रममन्त्रीसँग वार्ता गर्ने अवसर

Nada
२०८१ जेठ २८ गते ०६:४०
Shares
श्रममन्त्री अर्याललाई विभिन्न देशका श्रममन्त्रीसँग वार्ता गर्ने अवसर

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई यो साता बिभिन्न गन्तब्य मुलुकका श्रममन्त्रीहरुसंग बार्ता गर्ने अवसर प्राप्त हककुदैछ। अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को ११२औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी)को सन्दर्भ परेकोले मन्त्री अर्याललाई यस्तो अवसर प्राप्त हुन लागेको हो । सो सम्मेलनमा सहभागी हुन मन्त्री अर्याल नेपाली टोलीको नेतृत्व गर्दै आइतबार जेनेभा प्रस्थान गरेका छन् । 

ncell

मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री अर्यालले नेपाली कामदारका प्रमुख श्रम गन्तव्य मुलुकका श्रम मन्त्रीहरूसँग भेटवार्ता र द्विपक्षीय छलफल गर्ने तयारी छ । मन्त्री अर्यालले जुन ११ मा मलेसियाका मानव संशाधन मन्त्री चि केयोङ सिम र कतारका श्रम मन्त्री अलि सामिख अल मारीसँग दुईपक्षीय साइडलाइन भेटवार्ता गर्नेछन् । त्यस्तै मन्त्री अर्यालले १४ जुनमा कोरियाका रोजगार तथा श्रममन्त्री जुन सिक लीसँग दुईपक्षीय भेट गर्नेछन् । 

सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन् । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने छन् । नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउने मन्त्रालयले जनाएको छ । ३ जुनदेखि शुरु भएको यस पटकको सम्मेलन १४ जुनमा सकिने छ ।

ताजा खबर

सम्बन्धित खबर