२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जेको जे ५ प्रो अब मात्र ४७.९९ लाखमा पाइने

Nada
२०८३ भदौ ९ गते १७:२२
Shares
जेको जे ५ प्रो अब मात्र ४७.९९ लाखमा पाइने

काठमाडौं : नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्राप्त अत्यधिक उत्साहजनक प्रतिक्रिया र ग्राहकहरूको बलियो मागलाई सम्बोधन गर्दै नेपालमा ओमोडा र जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ले प्रिमियम इलेक्ट्रिक एसयूभी जेको जे५ प्रो का लागि विशेष नाडा स्पेशल स्किम घोषणा गरेको छ । सीमित अवधिका लागि सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले अब यो प्रिमियम गाडी मात्र रु. ४७.९९ लाखमा खरिद गर्न सक्नेछन् ।

ncell

यो विशेष अफर पहिलो १०० ग्राहकका लागि मात्र लागू हुनेछ । साथै, कम्पनीले ग्राहकहरूको विश्वासलाई सम्मान गर्दै नाइमा मोबिलिटी एक्स्पोको अवधिमा जेको जे५ प्रो पहिले नै बुकिङ गरिसकेका ग्राहकहरूलाई समेत यही विशेष मूल्यमै गाडी उपलब्ध गराउने घोषणा गरेको छ।

जेको जे५ अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएको गाडी हो । यो थाइल्यान्ड र इन्डोनेसियामा नम्बर १ बेस्ट-सेलिङ ईभी एसयूभी का रूपमा स्थापित भइसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।

यसमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ । ५०.७ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । नेपाली सडक अनुकूल १८५ एमएमको ग्राउन्ड क्लियरेन्स र फुल साइज स्पेयर टायर यसको मुख्य सबल पक्ष हो ।

त्यस्तै, १९ भन्दा बढी एडास सुरक्षा फिचर्स, ३६० डिग्री क्यामेरा र ४८० लिटरको बुटस्पेस उपलब्ध छ। प्यानोरामिक मुनरुफले यसलाई थप प्रिमियम बनाएको छ ।

ग्राहकको विश्वास र ढुक्कताका लागि कम्पनीले जेको जे५ प्रो मा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर (जुन पहिले आउँछ) सम्मको विस्तारित वारेन्टी प्रदान गरेको छ। यो वारेन्टी नेपाली ईभी बजारमै उत्कृष्ट मध्येको एक हो ।

सीमित अवधिका लागि ल्याइएको यो ४७.९९ लाखको योजना पहिलो १०० ग्राहकमा मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई चाँडै आफ्नो गाडी सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित खबर