२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

होस्टलमा कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ

Nada
२०८३ भदौ ५ गते १६:३०
Shares
होस्टलमा कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नम्बर १०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

ncell

दाङको घोराही उ.म.न.पा.-१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उ.म.न.पा.-३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए ।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर