२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

Nada
२०८३ कार्तिक १२ गते १५:१५
Shares
सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ : कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो । 

जालिम सिंह महतोको जाहेरीका आधारमा सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीषक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

सम्बन्धित खबर