
काठमाडौँ : सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट ठूलो परिमाणमा अवैध लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल र अन्य सुरक्षा निकायको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँस्थित एक घरबाट ५६ बोरा गाँजा बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा निकायको संयुक्त टोलीले असोज ३ गते स्थानीय व्यक्तिको घरमा कानुनी रीत पुर्याई खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखिएको अवस्थामा अन्दाजी १,४०० किलोग्राम (५६ बोरा) गाँजा फेला पारेको थियो ।
गाँजा बरामद भएपछि प्रहरीले सम्बन्धित घरधनीलाई नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी बलले जनाएको छ ।