२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

जनगुनासा सुन्न सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल

Nada
२०८३ भदौ ५ गते १३:१९
Shares
जनगुनासा सुन्न सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल

काठमाडौँ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन् ।

ncell

मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणमा रहने कार्यक्रम छ । भ्रमणका क्रममा उनले मन्त्रालयसँग सम्बन्धित जनगुनासा प्रत्यक्ष सुन्नुका साथै सहकारीका समस्या तथा भूमिहीन र सुकुम्बासी नागरिकका विषयमा सरोकारवालासँग छलफल गर्नेछिन् ।

मन्त्री रावलले सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी कार्यक्रम र तयारीबारे स्थानीय नागरिक एवं सरोकारवालालाई जानकारी गराउने बताएकी छन् ।

स्थानीय स्तरमै पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको मन्त्री रावलले बताइन् ।

ताजा खबर

सम्बन्धित खबर