२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

होडानको वार्षिकोत्सवमा बालबालिकालाई सहयोग

Nada
२०८३ भदौ २ गते ११:४८
Shares
होडानको वार्षिकोत्सवमा बालबालिकालाई सहयोग

काठमाडौं : स्वास्थ्य संस्था सञ्चालक संघ (होडान) नेपालले आफ्नो वार्षिक उत्सब तथा स्थापना दिवस सिजनशील वाल सेवा परिवार कागेश्वरी मनोहरामा बालबालिकालाई भोजन गराई मनाएको छ ।

ncell

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सीताराम रेग्मीले नवगठित यस सस्थाले व्यवसायीको हितमा काम गरी स्वास्थ्य क्षेत्र सुधारका लागि राज्यका हरेक निकायलाई झकझकाएको बताए ।

त्यस्तै, सोही कार्यकालका महासचिव नवराज पौडेलले व्यवसायीलाई एक भएर अघि बढ्नुपर्ने भन्दै धेरै सस्थाहरूले आफ्नो विधान र प्रस्तावनाबाहिर गएर कार्य गरेको, तर होडान उनीहरूको सुधारको प्रतीक्षामा रहेको बताए ।

संस्थाका अध्यक्ष मदनकुमार पूर्बेको अध्यक्षतामा सम्पन्न महासचिव रघुनाथ पनेरू (कालिका)ले सञ्चालन गरेका थिए ।  सोमराज लिम्बूले स्वागत मन्तव्य राखेका थिए ।

धन्यवाद मन्तव्य दिँदै सिर्जनशील बाल सेवा परिवार  संस्थाकी अध्यक्ष उमादेवी कार्की बस्नेतले आफ्नो  संस्थालाई छानेर  बालबालिकाप्रति स्नेह देखाएकोमा धन्यवाद दिँदै आगामी दिनमा यस्तै सेवा गर्ने मौका प्राप्त होस् भन्ने कामना गरिन् ।

सम्बन्धित खबर