२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ साउन २३ गते १६:२१
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका–२ घर भई काठमडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । 

सम्बन्धित खबर