२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बर्दियामा खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

Nada
दीपकलाल श्रेष्ठ
२०८३ वैशाख २९ गते २१:०७
Shares
बर्दियामा खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

बर्दिया : बर्दियाको गुलरियामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बर्दिया तथा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

ncell

प्रहरीका अनुसार गुलरिया नगरपालिका–७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट करिब २८० ग्राम खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतका ३५ वर्षीय तेजेन्द्र कुमार सिंह र २६ वर्षीय विजय सिंह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्की ले दिएको जानकारी अनुसार दुवै जनालाई वैशाख २९ गते साँझ करिब ६ः३० बजे पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर