२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

फरार प्रतिवादी पक्राउ

Nada
बिन्द्र राई
२०८३ वैशाख २९ गते १९:४४
Shares
फरार प्रतिवादी पक्राउ

उदयपुर : उदयपुरमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

ncell

सोमबार त्रियुगा नगरपालिका ७ कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगरलाई अस्थायी प्रहरी पोष्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका  मगरलाई उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर