२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अफगानिस्तानमा बाढीका कारण, ७३ हजार भन्दा बढी प्रभावित

Nada
२०८३ वैशाख ५ गते १६:०२
Shares
अफगानिस्तानमा बाढीका कारण, ७३ हजार भन्दा बढी प्रभावित

काठमाडौँ : अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिन सम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिसहरु प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए) लाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ ।

ncell

युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानीस्तानका विविन्न स्थानमा क्षति पुर्याएको छ भने हजारौं घर, कृषि जग्गा र सडक लगायत प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको छ । विस्थापित परिवारहरू, विशेष गरी महिला तथा वालवालीकाहरुले स्वास्थ्य सेवाहको पहुँचमा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् । उनीहरुलाई तत्काल खाना, आश्रय, र मनोसामाजिक सहयोग अत्यावश्यक भएको जनाइएको छ ।

मानव अधिकारवादी संस्थाहरूले बढ्दो आवश्यकताहरू सम्बोधन गर्न र अवस्थाको थप बिग्रन रोक्न सहयोग बढाउन आह्वान गरेका छन् ।

सम्बन्धित खबर