२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

लेबनानको युद्धविराम अवधिभर स्ट्रेट अफ हर्मुज नाका खुला

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख ४ गते १९:५१
Shares
लेबनानको युद्धविराम अवधिभर स्ट्रेट अफ हर्मुज नाका खुला

दोहा कतार : इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला गरिएको घोषणा गरेका छन् । मन्त्रालयका अनुसार लेबनानमा जारी युद्ध विरामसँगै जलडमरू खुला गरिएको हो । यो निर्णय युद्धविराम अवधिभर लागू रहने जनाइएको छ ।

ncell

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्तिमा सहजता ल्याउने उद्देश्यले उक्त मार्ग सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ । जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूले इरानले निर्धारण गरेका मार्गहरू पालना गर्नुपर्ने बताइएको छ ।

हर्मुज विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । जहाँबाट दैनिक ठुलो मात्रामा कच्चा तेल ओसारपसार हुने गर्दछ । उक्त मार्ग खुला भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित खबर