२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमाले केन्द्रीय सदस्यमा मनोनीत १७ जनासहित उपाध्यक्ष बरालले लिए शपथ

Nada
२०८१ साउन २० गते १३:४७
Shares
एमाले केन्द्रीय सदस्यमा मनोनीत १७ जनासहित उपाध्यक्ष बरालले लिए शपथ

काठमाडौँ । एमाले केन्द्रीय सदस्यमा मनोनीत १७ जनासहित उपाध्यक्ष बरालले शपथ लिएका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष बरालसहित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

ncell

गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य, कुन्दन कुशवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

यी मध्ये कतिपय पार्टी प्रवेश गरी एमाले फर्किएका हुन् भने कतिपयको बढुवा भएका हुन् । उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

सम्बन्धित खबर