२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेकपा सांसदको प्रश्न : सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

Nada
२०८३ असोज ७ गते १२:१६
Shares
नेकपा सांसदको प्रश्न : सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छन् ।

ncell

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन् । सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा (एमाले) सम्बद्ध युवा संगठनका सदस्यहरू सुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराइन् । उनले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमानदारिताको नमुना प्रस्तुत गरेको समेत उल्लेख गरिन् ।

उनले भनिन्, के माटो र बेल्चा नछोई देशको विकास सम्भव छ ? सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ ।’

उनले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुनः ब्युँत्याउनुपर्नेमा जोड दिइन् । उनले हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै सोही शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह गरिन् ।

उनले विपद्को यस घडीमा केवल राहतको पर्खाइमा बस्नेभन्दा पनि सामूहिक जनश्रमदानमार्फत भत्किएका संरचनाहरूको पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै संसद र सरकारको ध्यानाकर्षण गराइन् ।

ताजा खबर

सम्बन्धित खबर