२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

Nada
२०८१ साउन १८ गते १४:३०
Shares
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं : सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिने निर्णय गरेको छ ।

ncell

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबर