२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

Nada
२०८१ साउन १८ गते १०:१९
Shares
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

गोलबजार : लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर