२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

तीन प्रदेश प्रमुख नियुक्त

Nada
२०८१ साउन १६ गते १७:४३
Shares
तीन प्रदेश प्रमुख नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेका छन् । 

ncell

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले दीपकप्रसाद देवकोटालाई बागमती प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

यस्तै राष्ट्रपति पौडेलले लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका छन् ।

यसअघि राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर