२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

राहदानी बनाइदिने भनेर बिचौलियाको काम गर्ने ३ जना पक्राउ

Nada
२०८२ मंसिर १५ गते १३:४१
Shares
राहदानी बनाइदिने भनेर बिचौलियाको काम गर्ने ३ जना पक्राउ

काठमाडौं: राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने प्युठान, प्युठान नगरपालिका–८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् ।  

राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिइ दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

uae

सम्बन्धित खबर