
काठमाडौं : बुधबार डिजिटल भुक्तानी कम्पनी भिसाले ‘भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५’ को कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममार्फत घरेलु तथा साना व्यवसायहरूलाई सशक्त बनाउने उद्देश्यले निर्मित भिसाको नवीनतम स्वीकार्यता ‘भिसा एक्सेप्ट’को पुनरावलोकन गरिएको थियो ।
भिसा एक्सेप्टले साना व्यावसायीहरूलाई कुनै पनि मोबाइल फोनलाई स्वीकार्यता उपकरणमा परिणत गरी डिजिटल भुक्तानी स्वीकार गर्न सुरु गर्न एउटा छिटो, सुरक्षित उपाय प्रदान गर्दछ । व्यवसायीहरूले ‘ट्याप टु फोन वा पे बाइ लिंक’ मार्फत भुक्तानी प्राप्त गर्न सक्छन, जसले ग्राहकहरूलाई सहज र विश्वसनीय चेकआउट अनुभव दिने जनाइएको छ ।
कार्यक्रममा बैंकिङ तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाहरूका वरिष्ठ अधिकारीहरू लगायत २ सय जना भन्दा बढी सहभागी भएका थिए । भिसाको नेतृत्व टोलीको तर्फबाट बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भारत र दक्षिण एशियाका लागि उत्पादन प्रमुख रामकृष्णन गोपालन साथै नेपाल व्यवसाय प्रमुख मनोज थापा पनि सहभागी थिए ।
कार्यक्रममा भिसाका बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदले भिसाको लिडरशिप कन्क्लेभ आयोजना गर्न पाउँदा खुसी भएको बताएका थिए । भुक्तानी नवप्रवर्तन भन्दा बढी, भिसा एक्सेप्ट गहिरो वित्तीय समावेशीकरणतर्फको रणनीतिक कदम भएको जसले साना व्यापारीहरूलाई औपचारिक अर्थतन्त्रमा सक्रिय सहभागी बन्न सक्षम बनाउने उनको भनाइ थियो ।
त्यस्तै, भिसाका भारत तथा दक्षिण एसियाका उत्पादन प्रमुख रामकृष्णन गोपालनले भिसा एक्सेप्ट स्वीकृति प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न र नेपालभरि घरेलु तथा साना व्यवसायहरूको वृद्धिलाई समर्थन गर्न विकसित गरिएको एक नवीनतम समाधान भएको बताए ।
कार्यक्रममा जुलाई २०२४ देखि जुन २०२५ सम्मका उपलब्धिहरूका लागि २० वटा श्रेणीहरूमा १३ विजेताहरूलाई सम्मान पनि गरिएको थियो । उक्त श्रेणीहरूमा उपभोक्ता डेबिट र क्रेडिट कार्ड, प्रिपेड कार्ड, व्यवसाय प्राप्त गर्ने, सीमापार भुक्तानी, सम्पर्करहित समाधान, व्यावसायिक कार्ड, फिनटेक साझेदारी, उत्पादन नवप्रवर्तन, र व्यापारी उत्कृष्टता समावेश थिए ।