
काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज भारतीय ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रति किलोग्राम १३० रुपैयाँ तोकिएको छ भने सानो टनेल, भारतीय र तराई गोलभेँडाको अधिकतम मूल्य १३० रुपैयाँसम्म पुगेको छ । गोलभेडा सानो लोकलको भने ११० रुपैयाँ छ ।
यसैगरी रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ४२ रुपैयाँ प्रतिकिलो रहेको छ ।
प्याजको अधिकतम मूल्य आज ३५ रुपैयाँ तोकिएको छ भने गाजर (लोकल) १५० रुपैयाँ र तराई गाजर १३० रुपैयाँ तोकिएको छ । बन्दा (लोकल) ८० रुपैयाँ र तराई बन्दा ७० रुपैयाँसम्म पुगेको छ । काउलीमा स्थानीय ज्यापु जात ७५ रुपैयाँ कायम हुँदा तराई र सामान्य काउली ६० रुपैयाँसम्म रहेको छ ।
भन्टा लाम्चो ७० रुपैयाँ, डल्लो ७५ रुपैयाँमा रहेको छ भने बोडी (तने) १८० रुपैयाँ र घिउसिमी (लोकल) १७० रुपैयाँ पुगेको छ । तितो करेला १५० रुपैयाँ, परवर (लोकल) १०० रुपैयाँ र तराई परवर ११० रुपैयाँ तोकिएको छ । घिरौँला १३० रुपैयाँ, फर्सी हरियो लाम्चो ८० रुपैयाँ र सलगम १२० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
भिण्डी १०० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र रायो साग ७० रुपैयाँ कायम भएको छ । यसैगरी डल्ले च्याउ ४०० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँसम्म पुगेको छ। कुरिलो आजको सूचीमा सबैभन्दा महँगो वस्तुमध्ये रहेको छ, जसको अधिकतम मूल्य १,२०० रुपैयाँ तोकिएको छ । जिरीको साग ६०० रुपैयाँ हुँदा सेलरी ३२० रुपैयाँ र पार्सले ७५० रुपैयाँमा तोकिएको छ ।
फलफूलतर्फ स्याउ (फूजी) ३२० रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, कागती १२० रुपैयाँ, अनार ४०० रुपैयाँ र सुन्तला नेपाली १२० रुपैयाँ रहेको छ । किवी २५० रुपैयाँ, शरीफा २०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, स्ट्रबेरी ५५० रुपैयाँ र नासपाती (चाइनिज) २२० रुपैयाँ रहेको छ । केराको थोक मूल्य प्रति दर्जन १४० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।