२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

shivam cement
२०८२ मंसिर १० गते १०:११
Shares
आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

काठमाडौँ : सर्लाहीको लाल बन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलवार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका-७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका-२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् प्रहरीले मंगलवार राति ९ बजे थप उपचारका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालतर्फ लगिएको थियो ।

प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

ADV

सम्बन्धित खबर