२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

shivam cement
२०८२ मंसिर १० गते १०:३७
Shares
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

काठमाडौँ : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्ड सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ ।

उनको पार्टी अवामी लिगले हिजोदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो ।

पार्टीले हसिनालाई तोकिएको सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ ।

नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको कसुरमा फाँसीको सजाय सुनाएको थियो ।

दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा चलाइएको थियो । हसिना हाल भारतमा छिन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ ।

गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा हसिना सरकारले दमन गर्दा लगभग १४ सय मानिस मारिएका थिए । त्यसपछि आन्दोलनले उग्र रूप लिँदा शेख हसिना पदच्यूत भएकी थिइन भने उनी देश छाडेर भाग्नुपर्ने स्थिति सिर्जना भएको थियो ।

ADV

सम्बन्धित खबर