
काठमाडौँ : त्रेता युगमा भएको भगवान् राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज समापन हुँदैछ ।
विवाह पञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो ।
विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भारतबाट आएका पाहुनालाई आज बिदा गरेपछि विवाह पञ्चमी महोत्सव सकिनेछ । भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ ।
मंसिर ४ गतेदेखि सुरु भएको विवाह पञ्चमी महोत्सवको पहिलो दिन दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँच दिन मटकोर र छैटौँ दिन विवाह पञ्चमी मनाइएको थियो ।
त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीता–राम विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ ।