२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

अवैध लागुऔषधसहित पाँच जना पक्राउ

shivam cement
२०८२ मंसिर १० गते १८:३०
Shares
अवैध लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौंः अवैध लागुऔषधसहित विभिन्न दुई स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय कर्ण बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानी, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र कोशी प्रदेश प्रहरी गणबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको दुहवी नगरपालिका–१० जगुवा चोकस्थित मुस्कान होटल खाजा घरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम २१ मिलिग्रामसहित भारत बिहार रतनपुरा बस्ने २६ वर्षीय सिन्टु कुमार पासवान समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर