२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

महिला सहकारी संस्थाले ४ प्रतिशत लाभांश वितरण गर्ने

shivam cement
२०८२ मंसिर १० गते १६:१६
Shares
महिला सहकारी संस्थाले ४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं : महिला सहकारी संस्था लिमिटेडको ३०औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनी सदस्यलाई चुक्ता पुँजीको ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संस्थाले उक्त आर्थिक वर्षमा २५ करोड ४५ लाख ४९ हजार रुपैयाँ कुल आम्दानी र २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ खर्च गरी १ करोड ७१ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको जनाएको छ । सो नाफामध्ये १ करोड ८ लाख ७१ हजार रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाइसकिएको संस्थाले जानकारी दिएको छ ।

संस्थाको निक्षेप रकम आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३२ करोड ५२ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने सदस्यलाई लगानी गरिएको कर्जा १ अर्ब ५२ करोड ८३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । काठमाडौं उपत्यकामा सहकारी बैंकिङ सेवा सञ्चालन गरिरहेको संस्थाले विपन्न महिलालाई लक्षित गरी लघुवित्त कार्यक्रममार्फत सामूहिक जमानीमा बिना धितो ऋण उपलब्ध गराउँदै आएको छ ।

यसै आर्थिक वर्षमा लघुवित्त कार्यक्रमअन्तर्गत ग्रामीण तथा शहरी क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले ९ वटा सेवा केन्द्रमार्फत कक्षा २ देखि १० सम्मका ७६ जना छात्रा र कक्षा ११ का ९ जना विद्यार्थीसम्मलाई कापी, पेन, झोला तथा २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म नगद छात्रवृत्ति वितरण गरेको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता ईश्वरी श्रेष्ठ (ढल्पा, कीर्तिपुर) तथा उत्कृष्ट ऋणी भुवनकुमार श्रेष्ठ (गोलढुंगा) र रमा त्रिपाठी (इचंगु) लाई संस्थाका अध्यक्ष उर्मिला डंगोलले दोसल्ला ओढाएर सम्मान तथा प्रमाणपत्र प्रदान गरिन् ।

ADV

सम्बन्धित खबर