२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

अवैध जडीबुटी तथा नगद रकमसहित दुई जना पक्राउ

Nada
२०८२ मंसिर १० गते १४:४९
Shares
अवैध जडीबुटी तथा नगद रकमसहित दुई जना पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–१६ नयाँबजार एरियाबाट अवैध जडीबुटी तथा नगदसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक मा मासु र काठमाडौं महानगरपालिका–३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन् ।

यार्सागुम्बा, वन–लसुन, किटपतंग (किरा), गुच्ची च्याउ (जडीबुटी) जस्तो देखिने वस्तु लगायतका वन पैदवारहरूको गैर कानुनी रूपमा संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट नगद २० लाख रूपैयाँ, यार्सागुम्बा जस्तो देखिने वस्तु झोलासहित करिब ९ किलो ३ सय ६० ग्राम, वन लसुन जस्तो देखिने वस्तु बोरासहित करिब १ सय ५७ किलोग्राम, किटपतंग जस्तो देखिने सुकेको किराहरू बोरा सहित १ सय १ किलोग्राम, गुच्ची च्याउ जस्तो देखिने वस्तु बोरासहित ७ किलो ९ सय ग्राम, तौल गर्ने मेसिन २ थान लगायतका सामान बरामद गरेको छ । 

उनीहरूलाई वन ऐन,२०७६ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।  

uae

सम्बन्धित खबर