२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

shivam cement
कुलेन्द्र शाही
२०८२ मंसिर ९ गते १४:५७
Shares
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

सुर्खेत : सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र अर्याल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल बाबियाचौर सुर्खेतको होस्टलमा बालिकालाई जबरजस्ती करणी गरेरे फरार भएको अवस्थामा अर्याललाई पञ्चपुरी नगरपालिका-१ बाचकाँडाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । अर्याल सोही होस्टलका सञ्चालक हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए ।

ADV

सम्बन्धित खबर