२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

shivam cement
२०८२ मंसिर ९ गते १४:१९
Shares
स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

काठमाडौंः स्रोत नखुलेको नगदसहित विभिन्न ठाउँबाट तीन जना पक्राउ परेका छन् । 

सर्लाहीको मलंगवा नगरपालिका–८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँसहित २ जनालाई सोमबार दिउँसो  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा–४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । 

यस्तै, सिराहाको सिरहा नगरपालिका–१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् । 

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर