२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ

Nada
२०८२ मंसिर १ गते १६:५१
Shares
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ

काठमाडौंः ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा पक्राउ परेका छन् । 

ncell

एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

uae

सम्बन्धित खबर