२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

भ्रष्टाचारविरुद्ध हाम्रो गोल : लायन्सलाई हराउँदै टिटिजी च्याम्पियन

shivam cement
२०८२ कार्तिक ३० गते १६:५५
Shares
भ्रष्टाचारविरुद्ध हाम्रो गोल : लायन्सलाई हराउँदै टिटिजी च्याम्पियन

काठमाडौं : बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध हाम्रो गोल २०८२’ फुटबल प्रतियोगिताको उपाधि लामा टोल ब्वाइज (टिटिजी) एफसीले जितेको छ । ललितपुरको बुद्धि विकास खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा टिटिजीले लायन्स एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्‍यो ।

फाइनलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १-१ गोल गरेका थिए । खेल टाइब्रेकरमा धकेलियो, जहाँ लायन्स एफसीका दुई खेलाडीले पेनाल्टीमा पोस्टको दिशा भेट्टाउन सकेनन् । यससँगै टिटिजीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

प्रतियोगिताको सेमिफाइनलमा लायन्स एफसीले आयोजक बक्स अफिस फुटबल एकेडेमीलाई ३-२ गोलले हराएर फाइनल प्रवेश गरेको थियो । अर्को सेमिफाइनलमा टिटिजीले सोल्टी एफसीलाई पनि ३-२ कै अन्तरले पराजित गर्दै लायन्ससँग उपाधि भिडन्त पक्का गरेको थियो ।

टिटिजीका निराजन श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने लायन्स एफसीका इन्द्र लामा उत्कृष्ट गोलकिपर चुनिए । फेयर प्ले अवार्ड सोल्टी एफसीले पायो ।

विजेता तथा उपविजेतालाई नृत्य निर्देशक संघका पूर्वअध्यक्ष तथा सल्लाहकार प्रदीप रमण सिंह डंगोल, महिला उद्यमी आस्मा राउत, समाजसेवी डिबी बर्मा र व्यवसायी सूर्य खड्काले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

बक्स अफिसका अध्यक्ष आरके सुवेदीले देशभरका फुटबल क्लबहरूलाई जोडेर हरेक वर्ष यस्तो सामाजिक सन्देश बोकेको प्रतियोगिता नियमित आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । गत एक वर्षमा संस्थाले ५३ वटा प्रतियोगिता सञ्चालन गरिसकेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर