२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ : ओली

shivam cement
२०८२ कार्तिक ३० गते १५:१५
Shares
यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले आफू र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताएका हुन् । त्यसका लागि जेनजीहरूलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीहरूलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताए ।

उनले वर्तमान सरकारले बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गरे । जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको उनले बताए । आफूहरू बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको पनि टिप्पणी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर