२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

उत्सर्जन न्यूनीकरण तथा लाभ वितरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

shivam cement
२०८२ कार्तिक ३० गते १६:५०
Shares
उत्सर्जन न्यूनीकरण तथा लाभ वितरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

चितवन : नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को आयोजनामा रेड प्लस अन्तर्गत उत्सर्जन न्यूनीकरण तथा लाभ–वितरणसम्बन्धी एकदिने जिल्लास्तरीय क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आरआरएनको स्रोत केन्द्र, धुसरी चितवनमा सम्पन्न भएको छ ।

कार्यक्रममा नवलपरासी, नवलपुर र चितवनका सामुदायिक वन, आदिवासी तथा स्थानीय समुदायका ५५ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।

उद्घाटन सत्रको सञ्चालन आरआरएन चितवनका लेखा अधिकृत धर्मराज उपाध्यायले गरेका थिए । कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य भानु पराजुलीले प्रस्तुत गरे । रेड प्लसको पृष्ठभूमि तथा अवधारणाबारे डा. सुरेश तमाङले जानकारी दिए भने प्राविधिक विज्ञ प्रकाश लामिछानेले उत्सर्जन न्यूनीकरण प्रक्रिया, कार्बन भुक्तानी संरचना, वन–समुदायका अधिकार तथा आदिवासी–जनजाति र स्थानीय समुदायको भूमिकामा मुख्य सहजीकरण गरे ।

कार्यक्रममा तीन जिल्लाका मध्यवर्ती क्षेत्रमा सक्रिय फेकोफन, नेफिन, एफोन, एकृफन, हिमावन्ती, अस्मिता लगायतका संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो । लाभ–वितरणका मोडेल, रेड प्लस कार्यान्वयनका चुनौती तथा स्थानीय तहमा आवश्यक तयारीबारे गहन छलफल भएको थियो ।

सहभागी सरोकारवालाले रेड प्लसका लाभ वास्तविक अधिकारधनी समुदायसम्म पारदर्शी र न्यायोचित ढङ्गले पुग्ने गरी योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“एकदिने यस क्षमता अभिवृद्धि कार्यक्रमले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन हुने उत्सर्जन न्यूनीकरण कार्यक्रमलाई टेवा पुर्‍याउने तथा वनमा आश्रित आदिवासी, जनजाति र स्थानीय समुदायको आर्थिक–सामाजिक सबलीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ,” आयोजक डा. सुरेश तमाङले भने ।

आरआरएनका भानु पराजुलीले भने, “कार्यक्रमले रेड प्लसको प्रभावकारी कार्यान्वयनमा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता, पारदर्शिता र लाभ पहुँच सुनिश्चित गर्न सहभागीहरूमा थप स्पष्टता, समझदारी र उत्साह बढाएको छ ।”

ADV

ताजा खबर

सम्बन्धित खबर