२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेस अर्घाखाँचीको क्षेत्रीय र जिल्ला सम्मेलन जेठमा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ वैशाख १२ गते २०:३१
Shares
कांग्रेस अर्घाखाँचीको क्षेत्रीय र जिल्ला सम्मेलन जेठमा

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन आगामी जेठ महिनामा हुने भएको छ । कांग्रेस अर्घाखाँचीले यसअघि जिल्लाका वडा, पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ । अब प्रदेश सभा क्षेत्रीय सम्मेलन र दोस्रो जिल्ला सम्मेलनको तयारीमा लागेको कांग्रेस जिल्ला सभापति केशब श्रेष्ठले जानकारी दिए ।

ncell

शुक्रबार सन्धिखर्कमा आयोजित जिल्ला कार्यसमितिको बैठकमा सभापति श्रेष्ठले नेपाली कांग्रेस जिल्ला कार्य समितिको दोस्रो तथा क्षेत्रीय समितिको दोस्रो सम्मेलन संयुक्त रुपमा सन्धिखर्कमा गर्ने प्रस्ताव राखेका थिए । 

बैठकले यही जेठ १० गते सन्धसखर्कमा  दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको    बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।

दोस्रो जिल्ला सम्मेलनको खुला सत्र सन्धिखर्कस्थित सभागृहमा गरिने कांग्रेस सहसचिव कमल पौडेलले बताए ।

सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन टोल–टोलबाट कांग्रेसमा आस्थावान  नेता कार्यकार्तालाई सन्धिखर्कमा उतार्ने गरी सम्पन्न गर्न सबैलाई जिम्मेवार बनेर गाउँटोलमा खटिन सभापति श्रेष्ठले जिल्ला पदाधिकारी सदस्यहरुलाई निर्देशन दिएका बैठकमा सहभागी जिल्ला सचिव अच्युत गौतमले बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सभापतिदेखि महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, स्वास्थ्यमन्त्री तथा केन्द्रीय सदस्य प्रदिप पौडेल, केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारी लगायत नेताहरुलाई निमन्त्रणा गरिने कांग्रेस उपसभापति बिण्णु भुसालले बताए । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिनेछ  । सम्मेलन पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहने कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेलले बताए  ।

सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाउनुका साथै सम्मेलनले अर्घाखाँची कांग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्रीले बताए । 

ताजा खबर

सम्बन्धित खबर